OMG.उदयपुरमा गाईको पुच्छरमा बाँधिएको बालकलाई घिसार्दा मृत्यु

OMG.उदयपुरमा गाईको पुच्छरमा बाँधिएको बालकलाई घिसार्दा मृत्यु

उदयपुर –उदयपुरमा एक बालकलाई गाईको पुच्छरमा बाँधिएको अवस्थामा गाईले घिसारेर मृत्यु भएको छ । गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अबस्थामा गाईले घिसार्दा मृत्यु भएको छ । कटारी नगरपालिका ८ थलियाका लिल बहादुर मगरका छोरा ५ वर्षिय आयुष मगरको गाईले घिसारेर मृत्यु भएको हो ।

बालक शनिवार साथीहरुसंग गोठालो गएका थिए त्यही वेला उनका साथी १२ वर्षका दिवस मगरले आयुसको कम्मरमा डोरिले कसेर गाईको पुच्छरमा बाधिदिएको भनिएको छ । पुच्छरमा बाँधिदिएपछि गाई तर्सेर भाग्दा घिसारेर आयुसको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यलय कटारीका डिएसपी धुर्वकुमार श्रेष्ठले बताए ।

घट्नामा मृत्यु भएका बालकको शव आइतावार कानूनी प्रकृया पुरा गरी परिवारलाई जिम्मा लगाएको छ भने घटना गराउने अर्का बालक दिवसलाई आवश्यक अनुसन्धानको लागि गाईघाटबाट आइतबार म्याद थप गरि कटारी ल्याइएको डिएसपी श्रेष्ठले जानकारी दिए । पूर्वेली न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *