युवाहरुमा काम गर्ने ईच्छाशक्ति भएमा वेरोजागर बस्न नपर्ने -अध्यक्ष हिमाल उदाशी

युवाहरुमा काम गर्ने ईच्छाशक्ति भएमा वेरोजागर बस्न नपर्ने -अध्यक्ष हिमाल उदाशी

अछाम – हेल्प अछामका अध्यक्ष हिमाल उदासीले युवामा काम गर्ने ईच्छाशक्ति भएमा वेरोजागर बस्न नपर्ने बताएका छन् ।

अध्यक्ष उदासीले युवाले समयको सदुपयोग गर्दै श्रमलाई वेच्न सकिएमा देशमा थुप्रै सम्भावना रहेको धारणा व्यक्त गरे।

२१ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बुधबार रेडियो जनप्रिय एफएम सँग गरिएको अन्तर्वाता मा उक्त धारणा राखेका हुन ।

काम पाएन भनेर निराशावादी सोचलाई त्याग्दै ईलम गरेर स्वदेशमा नै आत्मनिर्भर बन्न सकिने अध्यक्ष कुँवरको भनाई रहेको छ । खाडिका मुलकमा सस्तोमा श्रम बेच्नुभन्दा आफ्नै मुलकमा काम गर्न सकिए थूप्रै सम्भावना रहेको बताए ।

युवा रोजगारीको सिलसिलामा विदेश जाने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै आफनै माटोमा मेहनत गर्न सकेमा खाडिका मुलकमा जानुपर्ने समस्याको अन्त्य हुने उनको छ । युवा व्यवसायी समेत रहेका कुँवरले आफूले सानो पूँजीबाट थालेको व्यवसयाले आफू आत्मनिर्भर बन्न सकेको पनि धारणा छ ।

सरकारले युवाका लागी थुप्रै कार्यक्रमहरू ल्याएको बताउदै उहाँले युवाका लागी कस्ता कार्यक्रमहरू आए त भनेर युवाहरू अग्रसर हुनु पर्नेमा जोड दिए। देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव भएको बताउँदै कुँवरले युवा लक्षित कार्यक्रमहरुलाई स्थानीय सरकारले पनि जोड दिनुपर्ने बताए ।

उनले स्थानीय सरकारले ल्याएका कार्यक्रमहरुको सहि सदुपयोग गर्दै युवाहरु आत्मनिर्भर बन्ने प्रयासमा अघि बढ्नुपर्नेमा समेत जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *