कैलाली । सुदुरपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाले कैलालीका विभिन्न क्षेत्रमा ७६ घर परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
कोरोना भाईरस ( कोभिड -१९) का कारण समस्यामा परेका कैलालीका विभिन्न क्षेत्रमा रहेका अति विपन्न ७६ घर परिवारलाई सर्बेक्षणका आधारमा समाजले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नेपाल संयोजक चेतन थापाको नेतृत्वमा सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक महासचिव अमृत शाहि, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्द ,सुदुर पश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दिपक प्रकाश मल्ल,सुदुर पश्चिमेली नेपाली समाज भारत केन्द्रिय खेलकुद बिभाग प्रमुख अनिल बलायर लगायत स्थानीय सरकारको रोहबरमा कैलालीको बर्दगोरिया गाउपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउपालिका गरि ७६ घर परिवारलाई नेपाली २ हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको सुदुरपश्चिमेलि नेपाली समाज केलिफोर्नियाका अध्यक्ष करन चन्दले बताए ।
कोरोनाका कारण दैनिकी ज्याला मजदुरी गरि खाने वर्ग बढी समस्यामा देखिएको हुदा थोरै भए पनि राहत मिलोस भनेर सहयोग प्रदान गरेको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नेपाल संयोजक चेतन थापाले बताएका छन ।
यस परोपकारी कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद समेत दिएको सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका प्रचार-प्रसार बिभाग प्रमुख दिनेश खड्का’खप्तडी’ले बताउनुभयो ।