हार्दिक श्रदाञ्जली!आज विश्व इतिहासकैं कालो दिन दुर्घटनामा १५७ जनाको मृत्यु

हार्दिक श्रदाञ्जली!आज विश्व इतिहासकैं कालो दिन दुर्घटनामा १५७ जनाको मृत्यु

काठमाडौं । आज विश्वका लागि सबैंभन्दा दुःखको दिन सावित भएको छ । इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् ।इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबै जनाको मृत्यु भएको जनाएको हो । इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको

विज्ञप्तिमा जनाइएको छ । यसैबीच इथियोपियाको प्रधानमन्त्रीको कार्यालयले विमानमा परी मृत्यु भएका यात्रुका आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको छ । एएफपी२६ फागुन, सिन्धुपाल्चोक । भूकम्पछि बिस्थापित भएका जुगल गाँउपालिका-१ सेलाङवासी एकीकृत बस्ती निर्माणमा जुटेका छन् ।भूकम्पले बिस्थापित भएर सेलाङको काफ्लेडाँडामा बस्दै आएका १९ घरपरिवार पुनर्निर्माण प्राधिकरणले दुई लाख रकम उपलब्ध गराएपछि जग्गा खरिद गरेर घर निर्माणमा जुटेका हुन् ।१९ घरपरिवारले ३८ लाख रुपियाँमा ४२ रोपनी जग्गा किनेर एकीकृत बस्ती निर्माणमा जुटेका छन् । पुनर्निर्माण प्राधिकरण्ले उपलब्ध गराएको पहिलो किस्ताबापतको ५० हजारले सबै घरपरिवारले जग्गा सम्याउन खर्च गरेका थिए ।सुरुमा सरकारी बनको जग्गा प्राप्त गर्ने प्रयास गरेपनि त्यो सम्भव नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत प्राप्त भएको रकम लिएर निजीस्तरबाटै जग्गा खरिद गरेको स्थानीय बस्ती निर्माण समितिक अध्यक्ष सोबाले तामाङले बताए । उनले आगामी जेठ महिना भित्रै नयाँ घरमा सर्ने लक्ष्य लिएको बताए ।एकीकृत बस्ती निर्माण हुने भएपछि पुनर्निर्माण प्राधिकरणले पूर्वाधार निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउन पहल गर्ने यस क्षेत्रका सासंद एवंम पूर्वमन्त्री अग्नि सापकोटाले बताए ।साविकको सेलाङ गाविस सेपगाउँका १७ घर तामाङ र २ घर दलित परिवार अहिले पनि काफ्लेडाँडास्थित पाखामा अस्थायी टहरोमा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *