नेपाल आइडलका विजेता रवि वडले दुईबमा गीत गाउँदा समर्थक फ्यान हरुका आँखामा आसु(फोटो फिचर)

नेपाल आइडलका विजेता रवि वडले दुईबमा गीत गाउँदा समर्थक फ्यान हरुका आँखामा आसु(फोटो फिचर)

नेपाल आइडल रवि ओडले दुबईमा धमाका मच्चाएका छन् । दुबईमा आयोजना गरिएको गोर्खाली साँझ–२०१९ मा नेपाल आइडल दोस्रो सिजनका टप ४ प्रतियोगीले आफ्नो प्रस्तुति दिए। जसमा नेपाल आइडल समेत रहेका रवि ओडले सालको पातको टपरी गाउदै सबैलाइ झुमाएका छन् । रविले उक्त गीतका ओर्जिनल गायक कुलेंद्र बिश्वकर्मासंगै गएका थिए । सालको पातको टपरी गाउदा बिबादमा तानिएका रविले गीतका गायकसंगै एउटी स्टेजमा त्यो गीत संगै आउनु सकारात्मक रुपममा लिइएको छ ।रबि वडका भ्यानहरुको आखाबाट खुसिका आशुहरु मलिन भएका थिए ।

नेपाल आइडलका टप ४ प्रतियोगी – रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो साङ्गीतिक प्रस्तुतिले दर्शक नचाए। जापान अष्ट्रेलिया हुँदै दुबई नेपाल बाट गरिएको तेर्सो टुर हो । तर अष्ट्रेलियाको १ महिने कार्यक्रमका दौरानमा अन्य देशका सांगीतिक कार्यक्रममा समेत नेपाल आइडलका बिजेताहरुले आफ्नो जोडदार प्रस्तिती दीइसकेका छन् । नेपाल आइडल बनिसकेपछी रवि सहित अन्यको दिनचर्या निकै ब्यस्त बन्दै गैरहेको छ ।देश बिदेशका विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुतिको साथमा सहभागिता जनाउनमै उनीहरु ब्यस्त देखिन्छन ।

प्रस्तुतिको क्रममा नेपाल आइडल रवि ओडले लोकगायक कुलेन्द्र बिकसँगै चर्चित गीत ‘सालको पातको टपरी’ गाए। अष्ट्रेलियामा भ्रमणको क्रममा रविले उक्त चर्चित लोकदोहोरीलाई बिगारेर गयको आरोप लागेको थियो । त्यो आरोपले सामाजिक संजालमा निकै चर्चा कमाएको थियो भने गीतका सर्जक बसन्त थापाले मिडियामै आएरा यसबिषयमा आफ्नो धारणा समेत राखेका थिए ।

हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *