चलचित्र ‘प्रेमलिला’ दोस्रो ट्रेलर सार्बजनिक (भिडियो)

चलचित्र ‘प्रेमलिला’ दोस्रो ट्रेलर सार्बजनिक (भिडियो)

दिपशिखाको‘चलचित्र ‘प्रेमलिला’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्बजनिक दोश्रो ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । करिब एक महिना अघी सार्बजनिक गरिएको भन्दा छोटो बनाएर ट्रेलर प्रस्तुत गरिएको हो । चलचित्रमा अभिनेत्री तथा निर्मात्री दिपशिखा खड्का हुन भने अलि खान र मौसम खड्का पनि मुख्य भूमिकामा देख्न पाइन्छ ।

अन्तर्देशीय प्रेमकथा समेटिएको चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ । चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । अभिनेत्री खड्का कै कथा तथा लेखन रहेको चलचित्र लाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
सार्वजनिक नयाँ ट्रेलर यस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *