Rip:छोराले चलाएको मोटरसाइकलाई टिपरले ठक्कर दिँदा बाबुको निधन

Rip:छोराले चलाएको मोटरसाइकलाई टिपरले ठक्कर दिँदा बाबुको निधन

गाईघाट- उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा आज बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदनभण्डारी लोकमार्ग अन्तर्गत सडक निर्माणमा कामगर्ने ना १ क ८३४७ नं को टिपरले बा ९३ प ९४३२ नं को मोटरसाइकललाई नेपालटार नजिकै ठक्कँर दिएको थियो ।

घाइते सुजनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगर न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । टिपर चालकको खोजी भइरहेको बताइएको छ । नेपालटारका स्थानीयवासी राजन राउतले टिपर चालककले नभएर सहचालकले चलाएका कारण दुर्घटना भएकाले चालक लुकेर बसेको हुनसक्ने बताउनुभयो । ताजा खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *