जम्मू–कश्मीरबाट भारतीय एक जवानको अपहरण

जम्मू–कश्मीरबाट भारतीय  एक जवानको अपहरण

काठमाडौं । भारतको जम्मू–कश्मीर राज्यको बडगामबाट भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् ।शुक्रबार साँझ आतंकवादी संगठनले भारतीय सेनाका जवान मोहम्मद यासीन भटलाई अपहरण गरेको हो । घर विदामा काजिपोरास्थित आफ्नो घर आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनको खोजी कार्य जारी रहेको पनि प्रहरी अधिकारीहरुले जनाएका छन् । यसअघि भारतीय सेनाका एक जना जवान औरंगजेब पनि घर विदामा आएको बेला अपहरणमा परेका थिए । पछि उनको शव फेला परेको थियो ।भारत–पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण अवस्था रहेकै अवस्थामा यासीनको अपहरण भएको हो ।ताजाखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *