सरकार र सीके राउतबीच भएको सहमतिप्रति संस्कृत छात्र परिषदको गम्भीर ध्यानाकर्षण

सरकार र सीके राउतबीच भएको सहमतिप्रति संस्कृत छात्र परिषदको गम्भीर ध्यानाकर्षण

सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार भएको सहमतिप्रति नेपाल संस्कृत छात्र परिषदले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मधेश नेपालबाट अलग हुनु पर्छ भनेर वकालत गर्दै आएको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन शान्तिपूर्ण राजनीतिमा आउनु सुखद् भएपनि ११ बुँदे सम्झौताको बुँदा २ मा उल्लिखित शब्दावलीप्रति परिषद्ले आपत्ति जनाएको हो ।

बुँदा २ मा उल्लिखित ‘असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक व्यवस्थामा प्रतिबद्ध छौ’ भन्ने शब्दावलीले सरकार नेपालको अखण्डताको विषयमा जनमतसंग्रहको पक्षमा रहेको सङ्केत आफूहरुले पाएको परिषद्ले जनाएको छ ।
विज्ञप्तिमादेशको अखण्डताको विषयमा जनमत संग्रहकालागि सहमत हुने सरकार बहुसंख्यक नेपाली जनताको माग धर्मका विषयमा पनि जनमतसंग्रह गर्न तयार हुनुपर्ने उल्लेख गरिएको छ ।लोकपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *