सुदुरपश्चिमेली नेपाली समाज भारतद्वारा दुर्घटना पिडितलाई आर्थिक सहयोग

सुदुरपश्चिमेली नेपाली समाज भारतद्वारा दुर्घटना पिडितलाई आर्थिक सहयोग

कंचनपुर। सुदुरपश्चिमेली नेपाली समाज भारत तथा मातहतका समितिहरुको सयुक्त पहलमा केहि बर्ष अघाडी बस दुर्घटनाबाट गम्भीर घाईते भएका सुदुरपश्चिम प्रदेश कंचनपुर भिमदत्त नगरपालिका पिडित योगेन्द्र खड्कालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सुदुरपश्चिमेली नेपाली समाज भारतका प्रथम उपाध्यक्ष दिपक खड्काको नेतृत्वमामा सन्चालन गरिएको अभियानले भारत तथा अन्य मुलुकमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरी आइतबार कंचनपुर भिमदत्त नगरपालिका पिडितको निवासमा एक कार्यक्रमको आयोजना गरी नेपाली ६८ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रम सुदुर पश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दिपक प्रकाश मल्ल , भारत केन्द्रिय खेलकुद संयोजक अनिल बलायर , महाराष्ट्र राज्य बरिष्ठ सल्लाहकार प्रेम बहादुर खड्का मुम्बई जिल्ला कोषाध्यक्ष हिमाल साउद लगायतको सहभागितामा रकम हस्तान्तरण गरेको प्रथम उपाध्यक्ष दिपक खड्काले बताए ।

खड्का’का अनुसार पिडित योगेन्द्र खड्का आर्थिक अवस्था नाजुक भएकाले औषधी गर्न र दैनिक खानको लागि केहि राहत पुगोस भनेर उक्त रकम सहयोग गरेको बताए । यस अभियानमा साथ सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई अभियन्ताहरुले धन्यवाद समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *