बलिउडका चर्चित नायक अक्षय कुमारले गरे सहिद परिवारलाई १० करोड दान

बलिउडका चर्चित नायक अक्षय कुमारले गरे सहिद परिवारलाई १० करोड दान

बलिउडका चर्चित नायक अक्षय कुमार पछिल्लो केहि समय देश बिदेशका संचार माध्याम मा छाएका छन् । आफ्नो अभिनयबाट सबैको मन जितेका उनले पछिल्लो समय गरेको एक सामाजिक कामले सबैको मन जितेको हो । पछिल्ला दिनहरुमा चर्चित बलिउड अभिनेता अक्षय कुमार व्यवसायिक चलचित्र भन्दा पनि सामाजिक सन्देश बोकेका चलचित्रमा अभिनय गरिरहेको देखिन्छन् । उनी फिल्म क्षेत्रमा मात्र होइन सामाजिक कार्यमा पनि धेरै अगाडी रहेका छन् ।

उनले सामाजको नजरमा गलत भनिएका कतिपय कुराहरुलाई आफ्ना फिल्मका कारण सहज बनाइदिएका छन् । उनी विशेष रुपमा मोदी सर्मथक मानिएको छ । अभिनेता अक्षयकुमार चुरोटले स्वास्थ्यमा पार्ने असर, ट्राफिक नियमको पालना र सेनेटरी प्याडको प्रयोगसँग सम्बन्धित विज्ञापनमा पनि देखिएका छन् । उनका यस्ता फिल्मलाइ आलोचना गर्नेहरुले फिल्मलाइ प्रोपागाण्डा भन्दैं आएका छन् ।

त्यस्तै उनले पुलवामा हमलामा शहीद भएका सेनाका परिवारलाई पाँच करोड भारतीय रुपैयाँ दिने घोषणा पनि गरे । त्यस्तै अभिनेता अक्षय कुमारले हालै एक ‘च्यारेटी इभेन्ट’मा एकसय नयाँ दुलहीहरुलाई समान एकएक लाख रुपैयाँ जम्मा १० करोड सहयोग गर्ने निर्णय गरेका हुन् । गरिब तथा सुविधाबाट वञ्चित युवाहरुले गरेको सामुहिक विवाहमा अक्षय आशिर्वाद दिन पुगेका थिए । तपाईलाई जानकारी गराउँ हामीले माथि उल्लेख गरेको रकम भारतीय रुपैंयाँ हो नेपाली होईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *