वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षको घरमा विष्फोट! यस्तो छ ताजा अबस्था..

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षको घरमा विष्फोट! यस्तो छ ताजा अबस्था..

काठमाडौं । काठमाडौंका बसुन्धरा स्थित नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा विष्फोट भएको छ । ठुलो आवाज सहित विस्फोट हुँदा स्थानीय त्रसित भएका थिए।विस्फोबाट तीन तले घरमा क्षति पुगेको छ। विस्फोटले उनको सहित अन्य दुइ घर जलेको अध्यक्ष गुरूङले जानकारी दिए । गुरूङले घरमा बम नै हानिएको दाबी गरेका छन्।


बिस्फोटबाट गुरूङको घरमा रहेको सटर भाडा लिएर बस्ने मणिराम पौडले घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।विस्फोटबाट पार्किङ गरेर राखेको गाडी पूर्ण रूपमा जलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिराखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *