सु प मलेसियाका संरक्षक समिर मल्लद्वारा सुदुरपश्चिमेली आपतकालीन राहत कोषमा आर्थिक सहयोग

सु प मलेसियाका संरक्षक समिर मल्लद्वारा सुदुरपश्चिमेली आपतकालीन राहत कोषमा आर्थिक सहयोग

कैलाली ।सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका संरक्षक शम्शेर मल्ल (समिर)ले कोभिड १९ अर्थात कोरोना भाइरस बिरुद्ध सयुक्त रुपमा स्थापना गरिएको सुदुरपश्चिमेली आपतकालीन राहत कोषमा नेपाली रु पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ।

सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको अध्यक्ष समेत निर्वाह गरिसक्नु भएका मल्ल सामाजिक संस्थामा आबद्ध भएर बिभिन्न कार्यमा योगदान गर्दै आउनु भएको छ ।उहाको जन्म सुदुरपश्चिम प्रदेश बझाङ केदारेस्यु गाउँपालिका ४ मा भएको हो । उहाँ बिगत लामो समय देखि मलेसियाको पेनाङ सहरमा बस्दै आउनु भएको छ ।

कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण का लागि आवश्यक स्वास्थ्य सामाग्री तथा कोरोना भाइरसबाट प्रभाबित सुदुरपश्चिम प्रदेशका नौ जिल्लामा खाद्यान्न ब्यावस्थापन गर्ने उद्देश्यले विश्वका बिभिन्न देशमा गठन भएका सुदुरपश्चिमेलि नेपाली समाज शाखाहरु तथा सुदुरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समितिले सयुक्त रुपमा स्थापना गरिएको सुदुरपश्चिम आपतकालीन राहत कोषमा आर्थिक सहयोग जुटाइ हालको समस्या सामाधानका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले सहयोग गर्ने अभियानको थालनी गरिएको प्रचार बिभाग प्रमुख दिनेश खड्का खप्तडिले जानकारी दिनुभयो।

यस्तै सबै क्षेत्रबाट परोपकारी मनहरुको सहयोगको खाँचो रहेको र यस अभियानमा हामी सबैको साथ सहयोगले मातृभूमिका लागि आफ्नो दायित्व निर्वाह गरिरहेको सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताउनु भयो ।

सुदुरपश्चिम प्रदेशका नौ जिल्लामा कोरोनाबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या साथै रोकथाम तथा नियन्त्रणका लागि यो अभियान सन्चालन गरिएको सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्र प्रसाद जोशीले बताउनु भयो ।
यस्तै परोपकारी भावनाले सहयोग गर्न चाहाने व्यक्तीले सुदुर पश्चिम आपतकालीन राहत कोषको निम्न खाता नम्बरमा आर्थिक सहयोग जम्मा गर्न सकिने छ ।
Account Name – SUDURPASCHIMELI AAPATKALIN RAHAT KOSH
Account Number- 01100105200771
Everest Bank- Dhangadhi Branch
Swift Code – EVBLNPKA रहेको छ ।
थप अन्य जानकारी लिनको लागि संस्थाको सचिवालय नम्बर +9779848637210 सँग सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *