दलित समुदायसंग सांसद कोमल वलीले मागिन माफी, पढ्नुहाेस विज्ञप्ति

दलित समुदायसंग सांसद कोमल वलीले मागिन माफी, पढ्नुहाेस विज्ञप्ति

लोक गायिकाका नामले परिचित सांसद कोमल ओलीको अभिब्यक्ती विवादमा परेको छ। कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने “इट्स माई सो” कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने गरी अभिब्यक्ती दिएको भन्दै उनको बिरोध भइरहेको छ । गत शनिबार प्रसारण भएको उक्त कार्यक्रममा सांसद ओलीले कुराकानीका क्रममा “आफु मरे डुमै राजा” भनेकी थिईन। यसै बिषय बस्तुलाइ ध्यानआकर्षण गर्दै दलित समुदाय महिला अधिकारिकारकर्मी सरु सुनार आफ्नो फेसबुक वाल मार्फत लाइव भिडियो बाटै चर्को आवाज उठाएकी छन् उनि लेख्छिन :

जुन नेपालको संविधान र कानून विपरितको शब्दावली थियो । कान्तिपुर टिभीको अफिसियल युटुबमा अपलोड गरिएको ५६ मिनेट २३ सेकेण्डको उक्त कार्यक्रमको ४७ मिनेट ५० सेकेण्ड जाँदा सांसद ओलीले मृत्युपछिको प्रसंग चलिरहँदा भनेकी छिन, “आफु मरिसकेपछि डुमै राजा ।” जुन शब्दावलीले दलित समुदायलाई होच्याइएको र उनिहरुको आत्मसंम्मानमा चोट पुर्याएको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध जनाएका छन । कान्तिपुर टिभिमा इन्टरबिउ दिदै माननीय सांसद कोमल वलिज्युले भन्नू भो (मरिसके पछि डुमै राजा) मरे पछि केही चाहिदैन बाचुन्जेल सलामी चाहिन्छ,एउटा सिङ्गो दलित समुदायलाई अपमान र आत्मसम्मानमा चोट पुराउने यस्ता थेगो अहिलेसम्म पनि तथाबत? अरु बाट के आसा गरौ जनताको प्रतिनिधि हो नि माननीय सांसद भनेको , कोमल ओलिलाई भोट दलित समुदायको पनि परेको थियोे , भोट दिने दलित समुदायको भोटको अपहेलना मात्र होइन सिङ्गो दलित समुदायलाई अपमान गर्नु भएको छ । आज देशको गरिमामय पदमा बसेर सिङ्गो दलित समुदायलाई अपमान गरि बोल्ने र हेप्ने (मरि सके पछि डुमै राजा) अभिव्यक्ति हामी दलित समुदायलाई स्विकारे छैन , माफी मागेर पुग्दैन र मानिदैन नेपालको संबिधान २०७२ र जातीय भेदभाव , छुवाछूत कसुर ऎन २०६८” अनुसार कारवाही हुनु पर्छ। अन्य देशमा रास्ट्रपति , प्रधानमन्त्री , राजा , रानीलाई पनि हामीलाई सामान्य लाग्ने ट्राफिक नियम पालना नगर्दा, अगाडि सिटमा बस्दा बेल्ट नबान्दा कार्वाही हुन्छ,तर हाम्रो नेपालमा सार्बजनिक पद धारण गरेका ज्युहरुलाइ कारवाही त परै जावोस उनिहरुका विरुद्ध सत्य बोल्दा नि बोल्नेहरुको आवज बन्द गराउने प्रयास हुन्छ, अब हेर्न बाकी छ , माननीय सांसद कोमल ओलिले कान्तिपुर टिभिमा नै (मरि सके पछि डुमै राजा) भनी सिङ्गो दलित समुदाय माथि हेपिएको र अपमान गरि बोलेको मा कार्वाही हुन्छ कि हुदैन ?

कानुनी प्रक्रियाको लागि अब जातीय छुवाछूत ऎन अनुसार मुद्दा दर्ता गरिन्छ सबैजना ढुक्क हुनुस र अब जातीय भेदभाव गर्ने र बोल्ने जो कोहिलाई पनि नेपालको कानुन अनुसार सजाय हुनु पर्छ । अब त अति भो , सहनु पनि सिमा हुन्छ कति सहनु ? दलित समुदायका माननीयहरुको पनि चरीत्र हेर्नी समय आएको छ आफ्नो समुदायको माया र समुदायको बिभेदको लागि यो विषयमा आवज उठाउनी कि ? नेकपाको पाटी र सरकार छ भनी पाटिको चित्त बुझाउनी ? कुन कुन सासदले यो विषयमा कुरा उठाउनु हुन्छ यो पनि हेरिन्छ तर हाम्रो समुदायलाई पशुको व्यबहार र तुलना गर्ने जो कोहि होस् छोडिदैन।

मितिः २३ फागुन २०७५,
विज्ञप्ति :
मेरा प्रिय समर्थक, मेरा अग्रज र मलाई सधैं हौसला दिनुहुने तपाईंहरु सबैलाई नमस्कार । म विश्वस्त छु, अहिले राष्ट्रिय सभा सदस्यको हैसियतले मैले मेरै समाजका समस्याहरुलाई त्यहाँ आवाज उठाउने प्रयास गरिरहेको कुरा तपाईंहरुले बुझ्नु भएकै छ । मलाई विश्वास छ, परिस्कृत र समुन्नत समाज, विकसित र शिक्षित समाज बनाउन मेरा कदममा तपाईंहरुको पनि साथ हुनेछ । हाम्रो समाज विकसित भए हामी सबै खुसी हुन्छौँ, सबैले न्यायको प्रत्याभूति गर्न पाउँछौँ भन्ने मेरो विश्वास छ । यसका लागि हामीले यसअघि पढ्दै आएका, सुन्दै आएका र भन्दै आएका कतिपय प्रसङ्ग अब परिवर्तन गर्नु पर्ने भएको छ । यो प्रक्रिया भनेको अनलर्निङ अर्थात् पुन र्सिकाइको प्रक्रिया हो । म पनि अनलर्निङको प्रक्रियामा छु, हाम्रो समाज पनि यही प्रक्रियामा छ । हामीले यो प्रक्रिया अझ छिटो उपलब्धिमूलक बनाउनु पर्ने आवश्यकता छ, जसका कारण हिजोका कुविचार, कुव्याख्या तथा नमिठा शब्दहरु, भनाइहरु, उखानहरु, उत्पीडनहरु, समस्याहरु, सोचहरु, विचारहरु, मानसिकताहरु परिवर्तन हुँदै जाउन् ।

यो सन्दर्भ पछिल्लो समय मैले कान्तिपुर टेलिभिजनकाे एउटा कार्यक्रममा दिएको अभिव्यक्तिबाट सिर्जित बहस, तरङ्गलाई जोड्न निकालेकी हुँ । एउटा कार्यक्रममा मलाई जीवित हुँदा नै केही राम्रो कर्म गर्न मन भएको तर मृत्युपछिको सम्मानलाई विश्वास नगर्ने भन्ने मेरो भावना अभिव्यक्त गर्न मैले एउटा उखान प्रयोग गरेकी थिएँ । नेपाली समाजमा प्रचलित त्यो उखान मैले अपर्झट भनेकी थिएँ, त्यो प्रसङ्गमा जोडेकी थिएँ । मेरो मस्तिष्कमा तत्कालीन समयमा यसले पुर्याउने हानी, यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्याउन सक्छ भन्ने कल्पनासमेत थिएन । यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकता मात्र थियो । त्यो उखानको सन्दर्भ मैले योजना बनाएर गरेकी थिइनँ, आकस्मिक प्रयोग थियो त्यो ।

विडम्बना ! त्यो आकस्मिक प्रयोगलाई अहिले एउटा ‘इस्यु’ बनाएर म माथि सामाजिक सन्जालमा प्रहार भइरहेको रहेछ । जसले मैले भनेका शब्दहरुबाट आफ्नो मन दुखेको बताउनु भएको छ, उहाँहरुबाटै म माथि त्योभन्दा बढी असभ्य शब्द प्रयोग भएको सामाजिक सन्जालमा भेटेकी छु । यसबाट मैले निष्कर्ष निकालेकी छु– हाम्रो समाजमा अनलर्निङको प्रक्रिया अझ आवश्यक छ, अझ प्रभावकारी रुपमा अगाडि बढ्नु पर्ने हुन्छ ।

यसबीच मेरो भनाइका कारण आफूलाई चोट पुगेको ठान्नुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गर्न चाहन्छु– मन नदुखाउनुहोस्, कोमल वली कसैका लागि छुरा बन्ने सोच्दिनँ र म नेपालका मात्र होइन, विश्वका सबै जाति, समुदायप्रति उच्च सम्मान भाव राख्छु, राख्नेछु । त्यसैले त्यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । त्यो मैले प्रयोग गरेको उखानका शब्दका कारण कसैलाई चोट पुगेको भए क्षमा याचना गर्छु ।
धन्यवाद, कोमल वली सदस्य, राष्ट्रिय सभा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *