राति राती चक्रपथमा केपीको यस्तो मिसन

राति राती चक्रपथमा केपीको यस्तो मिसन

चक्रपथको सरसफाइकाे १००औं हप्ता सम्पन्न भएकाे छ । चक्रपथमा सरसफाइ गर्न वाल अभियान्ता केपी खनाल सहितकाे टाेली चक्रपथ पुगेकाे थियाे । चक्रपथ पुगेर केपी बसपार्कमा फ़ोहोरको यस्तो हालत ? बसपार्क भित्र सुरक्षागार्डले जान नदिएपछि..? फोहोर फाल्ने कम्पनी यस्तो कार्वाहीमा ? भन्दै फेसबुक लाइभमा अाएका थिए । मध्य रातिकाे समयमा केपी सहितकाे युवा टोलि रात्रिकालिन सफाइमा जुटेकाे थियाे ।

काठमाडौं को चक्रपथ सरसफाइ र Clean काष्ठमण्डप सरसफाइ मा अर्घाखाँची का युवाको सक्रियता बढ्दो देखिएको छ । परिवर्तन आफफैंबाट सम्भव छ “म बदलिन्छु मेरो देश बदलिन्छ” भन्ने मुलनाराका साथ Clean काष्ठमण्डप सरसफाइमा लागि परेका हुन । जन्मभुमि अर्घाखाँची भै काठमाडौं लाई कर्म थलो बनाउने अर्घाखाँची का युवाहरु दिनरात नभनि काठमाडौं सफाइ मा लागि रहेका छन् नेपाल कै कान्छा अभियान्ता केपि खनाल बाट प्रभाबित भएर 14महिना अगाडि सक्रिय समाज परिवर्तन मा लागेका सचिन पाण्डे हुदै अहिले अर्घाखाँची धेरै युवाहरु उनिहरुलाइ साथ दि रहेका छन्।र प्रत्येक सनिवार हुने काठमाडौं सफाई भिन्नाभिन्नै अभियानमा गरे एक सय अौं माथि युवा सफाइ र जनचेतनामूलक कार्यक्रम मा लागि रहेका छन् त्यस्तै चक्रपथ सरसफाइ महाअभियान को १००औं हप्तालाई सफल पार्न हिजो रातिको १०बजे देखि बिहानको १बजेसम्म गरिएको बसपार्क अाकासे पुल सफाइ मा पनि सचिन पाण्डे को नेतृत्व मा केपि खनाल लाई साथ दिन अर्घाखाँची युवा राति 12बजे बसपार्क पुगेका थिए।

“म बदलिन्छु मेरो देश बदलिन्छ” भन्ने भावनाका साथमा चक्रपथ सफाइको १००औं हप्तालाई सफल पार्न रातिको १० बजे देखि बिहानको १ बजेसम्म दिनभरी हामी जस्तै मानवले खाएर दुर्गन्धित बनाएको नयाँ बसपार्कको पुललाइ बिहानको सुर्यको किरण सुन्दर नेपाल बनाउने सपनाले सफाइ यात्रामा लाग्ने सबैलाई केपीे धन्यवाद ब्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *