मन्त्रि अधिकारीका अंगरक्षकको पेस्तोल भेटियो, तीन राउण्ड गोली कहाँ गयाे ?

मन्त्रि अधिकारीका अंगरक्षकको पेस्तोल भेटियो, तीन राउण्ड गोली कहाँ गयाे ?

काठमाडौँ : गत बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको पेस्तोल खोज्नको लागि खटिएको सेना र प्रहरीको संयुक्त टोलीले पेस्तोल फेला पारेको छ। जिल्लाको फुङलिङ नगरपालिका-१० स्थित सिस्नेभीरको दाह्रेढुंगामा मन्त्री अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टिकको हेलिकप्टर दुर्घटनापछि नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको हो।

प्रहरीका अनुसर पेस्तोल तीन राउण्ड गोली पड्केको अवस्थामा हेलिकोप्टरको भग्नावशेषमुनि घटनास्थलमै फेला परेको हो। मंगलबार नेपाली सेनाको टोलिले घटनास्थलमा पुगेर खोजि गर्ने क्रममा घिमिरेले बोकेको नाइन एमएमको पेस्तोलसहित २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला पारेको बताइएको छ।

हेलिकप्टर पहाडमा ठोक्किएर बल्न थालेपछि जमदार घिमिरेका साथमा रहेको पेस्तोलका पड्किएको हुन सक्ने आकलन गरिएको छ। शव संकलन पछि सुरक्षा निकायको पेस्तोलमा ध्यान गएको हो। सेना अधिकारीहरुका अनुसार पेस्तोल हत्तपत्त नजल्ने र ध्वस्त पनि नहुने हुँदा पेस्तोलको खोजि कार्य गरिएको थियो। गत फाल्गुण १५ गते पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *