कैलाली । सुदूरपश्चिमेली नेपाली समाज कुबेतका प्रमुख अभियन्ता एवं संरक्षक अम्मर खड्काले कोभिड १९ अर्थात कोरोना भाइरस बिरुद्ध सयुक्त रुपमा स्थापना गरिएको सुदुरपश्चिम आपतकालीन राहत कोषमा नेपाली रु ५ हजार ५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ ।
नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रिय सचिव समेत रहनुभएका खड्का सुदुरपश्चिम प्रदेश डोटी दिपायल सिलगढी नगरपालिका वडा नं २ खुल्लेकमा जन्मिनुभएका अम्मर खड्का बिगत लामो बर्ष देखि रोजगारको सिलसिला कुबेत बस्दै आउनुभएको छ ।सामाजिक संस्थामा आबद्ध भएर बिभिन्न कार्यमा योगदान गर्दै आउनुभएको छ ।
यस्तै सबै क्षेत्रबाट परोपकारी मनहरुको सहयोगको खाँचो रहेको सुदुर पश्चिमेली नेपाली समाज केन्द्रीय अध्यक्ष धनबहादुर बलायरले बताउनु भयो ।
कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण का लागि आवश्यक स्वास्थ्य सामाग्री तथा कोरोना भाइरसबाट प्रभाबित सुदुरपश्चिम प्रदेशका नौ जिल्लामा खाद्यान्न ब्यावस्थापन गर्ने उद्देश्यले विश्वका बिभिन्न देशमा गठन भएका सुदुरपश्चिमेलि नेपाली समाज शाखाहरु तथा सुदुरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समितिले सयुक्त रुपमा स्थापना गरिएको सुदुरपश्चिम आपतकालीन राहत कोषमा आर्थिक सहयोग जुटाइ हालको समस्या सामाधानका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले सहयोग गर्ने अभियानको थालनी गरिएको प्रचार बिभाग प्रमुख दिनेश खड्का खप्तडिले जानकारी दिनुभयो ।
यस्तै परोपकारी भावनाले सहयोग गर्न चाहाने व्यक्तीले सुदुर पश्चिम आपतकालीन राहत कोषको निम्न खातामा आर्थिक जम्मा गर्न सकिने छ ।
एभरेष्ट बैंक धनगढी खाता नम्बर
०११००१०५२००७७१ सुदुर पश्चिम आपतकालीन राहत कोष , खाताको नाम रहेको छ ।
थप अन्य जानकारी लिनको लागि संस्थाको सचिवालय नम्बर नेपाल संयोजक चेतन थापा +9779848637210 सँग सम्पर्क गर्न सकिने सुदुर पश्चिमेली नेपाली समाज केन्द्रीय महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।