कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृ’त्यु, मृ’त्यु, हुनेको संख्या २१

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृ'त्यु, मृ'त्यु, हुनेको संख्या २१

नेपालगञ्ज । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । र, बधुबार साढे ११ बजेतिर उनको निधन भयो । साँझ उनको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए । लम्कीचुहाका मेयर महादेव बजगाईँका अनुसार मृतक महिला केही समयदेखि बिरामी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *