फेरि सर्वोच्चको आदेश: सिके राउतलाई रिहा (हेर्नुहोस विवरण)

फेरि सर्वोच्चको आदेश: सिके राउतलाई रिहा (हेर्नुहोस विवरण)

तराई-मधेसमा विवादस्पद कृयाकलाप गर्दै आएका सिके राउतलाई सर्वोच्च अदालतले बिहीबार साधरण तारेखमा रिहा गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोक्तम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । राउतलाई यसअघि राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

त्यस आदेशलाई सर्वोच्चले आदेशलाई बद्दर गर्दै साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको हो । डा.राउतका दाजु जयकान्त राउतका अनुसार सर्वोच्चको आदेशसँगै विहीबार नै काठमाडौँस्थित केन्द्रीय कारागारबाट उनलाई रिहा गर्ने प्रक‍्रिया मिलाइँदैछ । सर्वोच्चको आदेशले राउतले अब साधारण तारेखमै मुद्दा खेप्ने सुविधा पाएका छन् । राउतविरुद्ध तराई-मधेसका विभिन्न जिल्लामा दर्जनौँ मुद्दा रहेका छन् । सर्वोच्चको आदेशमा रिहा भए पनि कपिलवस्तुसहित जिल्लामा डा.राउतमाथि मुद्दा परेकोले उनी पुनः पक्राउ पर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *