एजेन्सी : भारत र चीनबीचको बढ्दो त’नाबका बीच लद्दाखको गलवान उपत्यकामा दुबै पक्षका सैनिकबीच हिं’स्रक भि’डन्त हुँदा २० जना भारतीय सैनिकको ज्या’न गएको छ । यसअघि भारतका एक सैन्य अधिकृत र दुई जवानको मृ’त्यु भएको समाचार आएको थियो ।
तर न्यूज एजेंसी एएनआईका अनुसार २० जना भारतीय सैनिकको ज्या’न गएको बताईएको छ । यो संख्या अझै बढ्न सक्ने पनि बताइएको छ ।
सन् १९७५ पछि पहिलोपटक भार चीनबीच सीमामा गो’लाबारी भएको हो । दुवैतिरका सैन्य अधिकारीहरू त’नाब कम गर्न बैठक बसिरहेको र सेनालाई पछि हटाउन कोसिस भइरहेकै बेला तनाव सिर्जना भएको छ ।
६ जुनमा दुवैतिरका कमाण्डरको बैटकले सेनालाई आ-आफ्नो क्षेत्रतिर फर्काउने निर्णय भएको थियो ।