टीकापुरमा अचानक सयौं संख्यामा सुरक्षाकर्मि तैनाथ

टीकापुरमा अचानक सयौं संख्यामा सुरक्षाकर्मि तैनाथ

काठमाडौं । प्रदेश नम्बर ७ मा फेरि तनाव हुने देखिएको छ । टीकापुर घटनामा मुछिएका राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला पछि जिल्लामा तनाव हुने देखिएको छ । हिजोदेखि नै टीकापुरको सडकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने कुनै प्रदर्शन अथवा घटना भए थप सुरक्षाकर्मी बोलाउने तयारी भइरहेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिबहादुर विष्ट भन्नुहुन्छ, ‘अहिलेको सुरक्षा व्यवस्था शान्त छ ।

सुरक्षाकर्मी अर्लट छन् । थप सुरक्षा व्यवस्था मिलाएका छौं ।” टीकापुर आसपासका गाउँबाट थारुहरु टीकापुर प्रवेश गर्ने सम्भावना रहेकोले त्यस आसपासमा पनि सुरक्षा व्यवस्था कडा पारिएको हो । तर, जिल्ला अदालत कैलालीको फैसलासँगै टीकापुर आसपासका थारु अगुवाहरु सक्रिय भएर लागेको खुल्न आएको छ । अदालतको फैसला पश्चात चौधरी सर्मथकहरुले ठुलो आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रको निर्णय कुरेर बसेका उनीहरुले प्रतीकात्मक रुपमा भएपनि प्रदर्शन गर्ने तयारी गरेका छन् । टीकापुर घटनामा मुछिएकाहरुलाई सजाय दिइएको भन्दै गैर थारुहरुले खुशियालीमा प्रदर्शन गर्न सक्ने सम्भावना पनि उत्तिकैं रहेको बताइएको छ । यता सांसद रेशम चौधरीका बुबा लालबिर चौधरीले न्यायका लागि माथिल्लो अदालत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी न्यायका लागि माथिल्लो अदालत जान्छौं, अदालतलाई सम्मान गर्छु तर यो फैसला न्यायपूर्ण छैन ।” उहाँले रेशमका समर्थकहरुले सांकेतिक प्रदर्शन गर्ने सम्भावना रहेको इंगित गर्नुभयो । राजपा केन्द्रको बैठक काठमाडौंमा बस्न लागेको जनाइएको छ । सरलाई दिएको सर्मथन फिर्ता लिने देखि आन्दोलन चर्काउने सम्मका विषयहरुमा छलफल हुने एक राजपा नेताले जानकारी दिनुभयो ।काठमाडौं समचारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *