रुकुम घटना: नवराजकि प्रेमिकाले दिइन् यस्तो ब’यान ! ६ जनाको ह’त्या गरिएको निश्कर्ष

रुकुम घटना: नवराजकि प्रेमिकाले दिइन् यस्तो ब’यान ! ६ जनाको ह’त्या गरिएको निश्कर्ष

रुकुम पश्चिममा जातीय वि’भेदकै कारण नवराज विकसहित ६ जनाको क्रु’र एवं अ’मानवीय तवरले ह’त्या भएको प्रहरी अ’नुसन्धानको निश्कर्ष छ । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेको अ’भियोग पत्रमा घ’टनाको मुख्य कारण जातीय विभेद मानिएको छ भने योजनाकार परिवारका सदस्यलाई मानिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेको अ’नुसन्धानका आधारमा तयार पारिएको यो अ’भियोग पत्रसँग मेल खाने प्रतिवेदन गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेत नेतृत्वको छा’नविन टोलीले पनि सरकारलाई बुझाएको छ ।

आइतबार वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्र’तिवादी बनाएर अदालतमा मु’द्दा दर्ता भएको छ । र, सबैलाई ६ जनाको ह’त्या गरेको आ’रोपमा कर्तव्य ज्या’न, १३ जनालाई घा’इते भएको क’सूरमा ज्या’न मा’र्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी क’सूर अनुसार आ’जीवन कै’द गर्न माग गरिएको छ ।

जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर १० जेठमा चौरजहारी वडा नं. ८ मा पुगेका थिए । फेसबुकमा चिनजान भएर प्रेमिका बनेकी मल्ल थरकी युवतीसँग विवाह गर्ने उद्देश्यसहित उनी चौरजहारी पुगेका थिए ।

घ’टना हुनुअघि दुईपटक प्रेमिका भनिएकी युवती नवराजको घरमा गएर समेत बसेको पाइएको छ । यद्यपि, पछिल्लो समय उनीहरुबीच सुमधुर सम्बन्ध थिएन ।

‘खलंगामा १४ पुसमा रमाइलो मेला लागेका वेला जाँदा नवराजसँग भेट भएकाले उनकै घरमा बास बसेको थिएँ’, युवतीले वयानमा भनेकी छन्, ‘पछि साथी पूजाको भाइको जन्म दिनमा गएको मौकामा पनि भेट भएकाले नवराजकैमा सुतेर भोलिपल्ट घर गएको थिएँ, त्यतिवेला परिवारले मलाई विवाह भएर आएको सोच्नुभएको रहेछ ।’

तर, आफूले विवाह नगरेको बरु नवराजले चाहिँ फोनमा विवाहका लागि प्रस्ताव राख्ने गरेको उनको भनाइ छ ।

‘मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ, पछि साथी चरी समेतलाई साथमा ल्याएर म र बज्यै सुतिरहेका बेला झ्यालबाट ढुंगा र मकैको खोया समेतले हा’नेको थियो’, उनले वयानमा भनेकी छन्, ‘भोलिपल्ट पनि मेरो घर छेऊमा देखेपछि बुबाले सम्झाएर पठाउनुभएको थियो । फेरि बैशाखमा गाउँमा आएका बेला बुबाआमाले थाहा पाएपछि वडाध्यक्षलाई पनि भनेर प्रहरीकहाँ बुझाइदिनुभएको थियो ।’

त्यसपछि नै दुई जनाबीचको सम्बन्धमा दरार सिर्जना भएको देखिन्छ । युवतीले वयानका क्रममा फेसबुकमा समेत नवराजलाई ब्लक गरेको बताएकी छन् ।

तर, नवराज गाउँमा आउन नछाडेपछि युवतीका दाइले फेरि घरमा आए मा’रिदिने योजना बनाएको वयान दिएका छन् । उनले भनेका छन्, ‘निज नवराज विक दलित केटा भएकाले म समेतको घर परिवारको चित्त बुझेको थिएन, निज पटक–पटक आउने गरेकाले पुनः आएमा मा’रिदिने योजना बनाएका थियौं ।’ अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *