रेशम चौधरीको फैसलापछि गृहमन्त्रीले प्रहरीलाई यस्तो निर्देशन ,टिकापुरमा बजायो हाई अलर्ट साईरन

रेशम चौधरीको फैसलापछि गृहमन्त्रीले प्रहरीलाई यस्तो निर्देशन ,टिकापुरमा बजायो हाई अलर्ट साईरन

टीकापुर। टीकापुरमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको छ। टिकापुर घटनाबारे अदालतको फैसला आएपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै आन्दोलनका कार्यक्रम घोषणा गर्ने नीति बनाएपछि टीकापुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

हिजोदेखि नै टीकापुरको सडकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो भने कुनै प्रदर्शन अथवा घटना भए थप सुरक्षाकर्मी बोलाउने तयारी गरिएको एक प्रहरी अधिकृतले बताए।इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिबहादुर विष्ट भन्छन्,‘अहिलेको सुरक्षा व्यवस्था शान्त छ। सुरक्षाकर्मी अर्लट छन्। थप सुरक्षा व्यवस्था मिलाएका छौं।’

टीकापुर आसपासका गाउँबाट थारुहरु टीकापुर प्रवेश गर्ने सम्भावना रहेकोले त्यस आसपासमा पनि सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायको भनाइ छ। टीकापुरबाट एक थारु अगुवाले दिएको जानकारी अनुसार रेशम चौधरीका समर्थकहरुले प्रदर्शनको तयारी थालेका छन्।

प्रदर्शनको तयारी बारे गृहमन्त्री रामबहादुर थापालाई सूइको लागे पछि उक्त क्षेत्रमा शान्ति बनाइ राख्न कानूनले दिएको अधिकार प्रयोग गर्न निर्देशन दिएका छन्। २०७२ भदौ सात गते थरुहट राज्यको माग गर्दै थारुहरुले प्रदर्शन गरिरहेका थिए। सोही क्रममा टीकापुर नगरपालिकामा थरुहट प्रदेश शब्द लेख्ने तयारी थियो। जसका लागि टीकापुर आसपासका थारुहरु टीकापुरमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो।

टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । केहीबेर अघि जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो । घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ । लक्ष्मण चौधरी लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । तर उनीहरुले कैद भुक्तान गरिसकेकोले आजै रिहा गर्न आदेश भएको हो । अदालतले पक्राउ परेका तीनजना निर्दाेश रहेको ठहर गरेको छ ।

के हो टीकापुर काण्ड? -सुदूरपश्चिमका ९ जिल्लाकै एक प्रदेश हुनुपर्ने माग राखेर अखण्ड सुदूरपश्चिमको आन्दोलन उत्कर्षमा थियो । यस्तै सुदूरपश्चिमकाे तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसहित थारु बाहुल्य क्षेत्रलाई समेटेर थरुहट प्रदेशको माग गरि थारु समुदाय आन्दोलित थिए । २०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट थारुवान प्रदेशको वोर्ड झुण्ड्याउने थारु आन्दोलनकारीहरुको तयारी थियो । हजारौँको संख्यामा आन्दोलनकारी टीकापुर बजार प्रवेश गर्ने तयारीमा रहेको सूचना पाएपछि तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपाने सुरक्षा कमाण्ड सम्हाल्न आफै टीकापुर पुगेका थिए ।

आन्दोलनकारीहरुको भीड ठूलो थियो । प्रहरीले त्यसलाई रोक्न सकेन । एक्कासी दंगा फैलियो । आन्दोलनकारीको भीडबाट प्रहरीमाथि भाला, तरबार लगायत हात हतियारले आक्रमण भयो । प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको निर्मम हत्या भयो । एसएसपी न्यौपानेसहित प्रहरीको निर्मम हत्या भएको उक्त घटनाको मुख्य योजनाकार रहेको आरोप लागेका रेशम चौधरी अहिले पुर्पक्षका लागि थुनामा छन् । घटना लगत्तै फरार रहेका उनी फरार रहेकै अवस्थामा टीकापुरबाटै प्रतिनिधिसभामा २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भएका थिए । रेशमले चुनाव जितेको केही समयपछि कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए । उनलाई केही हप्ताअघि मात्रै सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *