सत्य–स्वरुपले बनाए गीत अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालागि -भिडियो

सत्य–स्वरुपले बनाए गीत अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालागि -भिडियो

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा गायकद्वय सत्य–स्वरुपराज आचार्य जोडिएका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१५, रामपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सबैले सहकार्य र सहयाेग गरिरहेका बेला गायकद्वय सत्य–स्वरुपराज पनि याे महा अभियानमा सामेल भएका हुन ।

बुधबार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । सत्य–स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेटसम्बन्धी गीत उपहार दिएका हुन् । ‘युद्धको मैदान’ बोलको गीतलाई सत्य–स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् । गित संगित, कलाकारिता तथा बिभिन्न अभिनय क्षेत्रका सक्रिय रहेका धेरै जना याे अभियानमा जाेडिसकेका छन । देश बिदेशमा रहेका नेपालीले पनि देशमै गर्व गर्न लायक काम हुन लागेकाेमा खुसि ब्यक्त गर्दै सहयाेग रकम समेत जुटाइरहेका छन ।

धुर्मुस सुन्तलीको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ । गितकाे मनध्यमबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयाेग हाेस भन्ने चाहानाका साथ सत्यस्वरूपले धुर्मुस सुन्तली फाउण्डेशनलाइ उपहार स्वरूप याे गित दिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *