सबै रिपोर्ट सामान्य आएपछि प्रधानमन्त्री ओली डिस्चार्ज

सबै रिपोर्ट सामान्य आएपछि प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको हो। नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना भएका प्रधानमन्त्री ओली करिब १० घन्टा अस्पताल बसेपछि डिस्चार्ज भएका हुन्।प्रधानमन्त्री ओली बिहान साढे १० बजे अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्री ओली भर्खरै डिस्चार्ज हुनुभएको छ, उनको उपचारमा संलग्न डा अरुण सायमीले भने, सबै रिपोर्ट नर्मल छन्।प्रधानमन्त्री ओलीको मुटु लगायतका अंग परीक्षण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *