कैलाली अदालतको फैसला मान्दैनौँ-राजेन्द्र महतो

कैलाली अदालतको फैसला मान्दैनौँ-राजेन्द्र महतो

काठमाडौं, फागुन २२ । राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताका प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्।

पार्टीका सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उहाँले त्यस विरुद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा पनि गर्नु भयो।

‘जनताको प्रतिनिधिमाथि जन्मकैदको फैसला गर्न मिल्छरु यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरु हुनेछ’ नेता महतोको दावी छ।

नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्नै अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएकोरु भनी आक्रोश पनि व्यक्त गरे।

जिल्ला अदालत कैलालीले बुधबार हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको थियो। त्यसप्रति नेता महतोको आपत्ति छ।

नेता महतोले बुधबार अपरान्ह संघीय संसद् भवन नयाँ बानेश्वरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आन्दोलनकारी चौंधरीलाई जन्मकैदको सजाय दिने प्रवृत्तिविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *