थप ३२३ जनामा कोरोना देखियो

थप ३२३ जनामा कोरोना देखियो

काठमाडौँ : अद्यावधि विवरणअनुसार गएको २४ घण्टामा नेपालमा थप ३२३ कोरोना भाइरस (कोभिड– १९) का बिरामी फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा नेपालमा ३२३जनामा कोरोना भाइरसको संक्रमण भएको बताए ।

मंगलबार थपिएका ३२३ संक्रममितसँगै नेपालम अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ। त्यस्तै, आज ९६ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ।

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण तीव्र रूपले फैलिइरहेको छ। मन्त्रालयका गौतमका अनुसरा हालसम्‍म ७२ जिल्लामा कोरोना फैलिइसकेको छ। पछिल्लोपटक संक्रमण हुनेमा इलाम जिल्ला परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *