करण केसीको त्याे इनिङ ‘मोमेन्ट अफ इयर

करण केसीको त्याे इनिङ ‘मोमेन्ट अफ इयर

केट खेलाडी संघ सिप्यानको आयोजना गरेको एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ को ‘मोमेन्ट अफ इयर’ तर्फको अवार्ड करण केसीले जितेका छन् । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को फाइनल प्रवेशका लागि क्यानडासँग १४ फेब्रुअरी २०१८ मा निर्णायक खेलेको खेलको आधारमा बिजेता बनेका हुन् ।

उनले उक्त खेलमा नेपालले ४२.१ ओभरमा १४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको स्थितिमा सन्दीप लामिछानेसँग कीर्तिमानी साझेदारी गर्दै अन्तिम बलमा नेपाललाई जित दिलाए ।

उनले ३१ बलमा ३ चौका र ४ छक्काकोसहित ४१ रनको अविस्मरणीय इनिङ खेलेका थिए ।उक्त जितको मद्दतले नेपाल डिभिजन टूको फाइनल र विश्वकप छनोटमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *