यस्तो माया होस् : नेपाली हिन्दुसँग बिहे गरेकी मुस्लिम आम्नालाई बुवाको सन्देश – भिडियो

यस्तो माया होस् : नेपाली हिन्दुसँग बिहे गरेकी मुस्लिम आम्नालाई बुवाको सन्देश – भिडियो

पाली हिन्दुसँग बिहे गरेकी मुस्लिम आम्ना यतिबेला निकै भाइरल बनेका छन् | सामान्यतया बिबाह गर्नका गाली आफ्नै मिल्ने जात खोज्ने नेपाली समुदायमा यसरि अर्कै देश त्यो पनि मुस्लिम धर्मकी कुनै युवती संग प्रेम गरेर बिबाह गर्नु आफैमा उदाहरणीय कुरा हो | अहिले उनीहरुको जोडी सामाजिक संजालमा निकै भाइरल बनिरहेको छ | देश बिदेसबाट उनीहरुलाई सुभकामना तथा बधाई दिनेहरुको समेत निकै ठुलो ओहिरो आगेको छ | एक उदाहरणको नमुना बिबाहलाई देश विदेश बाट सकारात्मक रुपमा हेरिएको छ |

यो पनि:पाकिस्तान सुपर लिगमा सन्दिप लामिछाने आवद्ध टिम लाहोर क्लन्दर्स पेसावर जलमीसङ्ग ४ विकेटले पराजित भएको छ । आफ्नो आठौं खेलमा पराजित भएसङ्गै लाहोरको अघिल्लो चरण प्रवेशको सम्भावना पनि कठिन बनेको छ । अबुधाबिमा लाहोरले जितको लागि दिएको १२५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पेसावरले १ बल अगाबै ६ विकेट गुमाएर लक्ष्य भेट्याएको हो । पेसावरले सुरुवाती २० रनमा ४ विकेट गुमाए पनि डेरेन स्वामि र मिजबाउल हकले पाचौं विकेटको लागि १०० रनको साझेदारी गरेका थिए । पेसावरको जीतमा मिजबाउल हकले सर्वाधिक ५९ र डेरेन स्वामिले ४६ रनको योगदान दिएका थिए ।

बलिङतर्फ लाहोरको लागि सहिन साह अफ्रिदिले ४ ओभरमा १ मेडन सहित सर्वाधिक ३ विकेट लिएका थिए । प्रतियोगितामा उत्कृष्ट बलिङ प्रदर्शन गरेका सन्दिप लामिछाने भने आजको खेलमा केहि महङ्गा साबित भए पहिलो ओभरमा ३ रन मात्र खर्चेका सन्दिपले दोस्रो ओभरमा १८ रन खर्चेका थिए । तुलनात्मक रुपमा महङ्गा साबित भएका सन्दिपले आजको खेलमा २ ओभर मात्र बलिङ गर्न पाएका थिए । यसअघि पेसावर विरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको लाहोर क्लन्दर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रनको समान्य योगफल तयार पारेको थियो । लाहोरको लागि ब्याटिङमा कप्तान फकर जमान ११, एन्टोन डेभिच ५ , सोहिल अक्तर ११, रियान डोचे २, हरिस सोहिलले सर्वाधिक ४३, उमेईर मसुदले २२ डेभिड वाईजले २६ रनको योगदान दिएका थिए भने नेपाली खेलाडी सन्दिप लामिछाने पनि १ बल खेल्दै शुन्य रनमा अविजित रहेका थिए । प्रतियोगितामा लाहोर अङ्क तालिकाको पाचौं स्थानमा झरेको छ भने पेसावर जलमी शिर्ष स्थानमा रहदै प्ले अफ प्रवेश गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *