आत्मनिर्भर बन्दै महिलाहरु!सेयर गरौ

आत्मनिर्भर बन्दै महिलाहरु!सेयर गरौ

हाम्राे गाउँ ठाउँमा समान कामकाे समान ज्यालाकाे विषयमा कुराहरू बिभिन्न समयमा उठिरहेकाे हुन्छ । अहिले पनि देशका बिभिन्न ठाउँमा महिला पुरुषबिचमा ज्यालामा समानता रहेकाे पाइदैन । पुरुषकाे तुलनामा महिलाले काम गर्न नसक्ने धारणा अहिले पनि धेरैमा रहेकाे पाइन्छ । तर बिभिन्न क्षेत्रमा महिलाहरूले पनि पुरुषकाे समान श्रम गर्न सक्छन भन्ने उदाहरणमध्य एक याे तस्विर पनि हाे ।

अछाम जिल्लाकाे पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानमा रहेको जाल्पेश्वरी सामुदायीक बनमा काठ चिर्न आरा चलाउदै गरेका महिलाहरूकाे तस्विर एक उदाहरणीय तस्विर हाे । महिलाहरू अात्मनिर्भर तर्फ अग्रसर भइरहेका छन । प्रायजसाे खेतबारीमा हलाे जाेत्ने, बिरामीलाइ बाेकेर अस्पतालसम्म लैजाने देखि मर्दाकाे मलामी बन्ने जस्ता घटनामा महिलाकाे सक्रियता रहेका बिभिन्न समाचारहरू अाइरहेका बेला । काठ चिर्ने जस्ताे काम पनि महिलाले गर्नु हाम्राे्र समाजका लागि नसकै उदाहरणीय रहेकाे छ ।

तस्विर : वेदप्रकाश तिमिल्सैना
तस्विर : वेदप्रकाश तिमिल्सैना

पुरुषले गर्ने कामहरू महिलाले गर्नुहुन्न, चुलाे चाैका, घाँसपात, खेतिपाती लगायतका कामहरू महिलाले गर्ने हुन भन्दै ताेक लगाउने हाम्राे समाजमा यसरी अावस्यक परिरहने काममा अग्रसर हुने सामाजिक चेतना परिवर्तनका रूपमा पनि लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *