फेरी नेकपाका नेता तथा पूर्वसांसद पण्डितको निधन

फेरी नेकपाका नेता तथा पूर्वसांसद पण्डितको निधन

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी  नेकपाका नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार हृदयघातबाट निधन भएको छ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार हृदयघातबाट निधन भएपछि नेकपाले एक हप्ता भित्र ४ नेता गुमाएको छ । आइतवारमात्रै भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डितको मंगलबार हृदयघातबाट निधन भएको हो ।

उनलाइ नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको हो। पूर्वसांसद गणेश पण्डितका तीन छोरा,तीन छोरी र श्रीमती छन् ।कांग्रेस नेता अर्जुन नरसिंह केसीका मामा समेत रहेका ७२ वर्षीय पण्डित सँगै नेकपाले एक हप्ता भित्र पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वली गरेर ४ नेता गुमाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *