बधाई ! सन्दीप बने वर्ष उत्कृष्ट क्रिकेट खेलाडी

बधाई ! सन्दीप बने वर्ष उत्कृष्ट क्रिकेट खेलाडी

सन्दीप लामिछानेले क्रिकेट खेलाडी संघ सिप्यानको आयोजना गरेको एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ को वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड जितेका छन् । यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए । यो अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रुपैयाँ पुरस्कार राशी जितेका छन् ।

सन्दिप हाल पाकिस्तान सुपर लिग खेल्न दुबईमा रहेकाले सन्दीपको अवार्ड राष्ट्रिय टिमका कप्तान पारस खड्काले ग्रहण गरेका थिए । सन्दीपले बर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेसँगै १ लाख ३२ हजार रुपैया पनि जितेका छन् । सन्दीपले गत बर्ष कुल ३२ खेल खेल्दै कुल ८४ विकेट लिएका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टिमका प्रशिक्षक विनोद दास, अम्पायर विनयकुमार झा र दुर्गानाथ सुवेदी तथा खेलकुद पत्रकार मञ्चका प्रतिनिधिहरु सरिता श्रेष्ठ र सुवास हुमागाई र टेक्निकल कोअर्डिनेटर रमन शिवाकोटी रहेको एक प्राविधिकको छनौट समितिले तीन विधाका ५-५ खेलाडीको मनोनयन गरेको थियो ।

कोमल पाण्डेलाई ‘लाइफ टाइम’ एचिभमेन्ट अवार्ड
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड’ को वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड कोमल बहादुर पाण्डले हात पारेका छन्। सीप्यानले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड वितरण गरेको हो। नेपाली क्रिकेट क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै सीप्यानले उनलाई यो अवार्ड प्रदान गरेको हो। उनले अवार्डसहित नगद ६६ हजार रुपैयाँ प्राप्त गरेका छन्। ७८ वर्षीय नेपाली खेलकुद क्षेत्रका खेलाडी कोमल नेपाली खेलकुदका महान खेलाडी भनेर पनि चिनिन्छन्। उनले नेपाली खेलकुद क्षेत्रको फुटबल विधिमा पनि ठूलो योगदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *