फेरि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु

फेरि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु

पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मंगलबार पोखराको साराङकोटबाट उडेको प्याराग्लाइडिङ केहीबेरमै दुर्घटना भएको हो । दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरामा लगातार तेस्रो दिनको प्याराग्लाइडिङ दुर्घटना हो । यसअघि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका एक नागरिकको मृत्यु भएको थियो । फेवातालमा खसेका रोमानियाली नागरिककाे उपचारका क्रममा ज्यान गएकाे थियाे । साेमबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा दुईजना घाइते भएका थिए । कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा साे दुर्घटना भएकाे थियाे

याे पनि : बन्दीपुर ३ तामुङबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप व्यास नगरपालिका वडा नं १२ घासिकुवामा दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन्र । मुत्यु हुनेमा बन्दिपुर ३ रामकोटका ७५ बर्षिय बुद्धि बहादुर थापा मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीप गुडिरहेको अवस्थामा अगाडी टायर पन्चर हुदाँ सडक बाट दश मिटर तल खसेको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जनाकारी दिए । बुद्धि बहादुर लाई उपचारको क्रममा दमौली अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक नर बहादुर घर्तीलाई थप उपचारको लागि पोखराको मणिपाल अस्पतालमा लगिएको अधिकारीले बताएका छन् । अन्य सामान्य घाईतेहरु होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा,कुमार बस्याल,देवीमाया थापा र खुममाया थापा लगायत अन्यलाई दमौली अस्पताल, रत्नहरि लगायतका आसपासका अस्पतालमा सामान्य उपचार भईरहेका छ । घाईते हरु सबै बन्दिपुरको रहेको प्रहरीले जनाएको छ । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । News24 बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *