शिशिरलाई हेर्न अमेरिकाबाट डाक्टरहरु आए!आमा बुवाको रुंदा रुंदा आंशु रित्तिसक्यो (भिडियो)

शिशिरलाई हेर्न अमेरिकाबाट डाक्टरहरु आए!आमा बुवाको रुंदा रुंदा आंशु रित्तिसक्यो (भिडियो)

मान्छेको जिन्दगीमा कुन बेला कस्तो आप्पट आइपर्छ भन्ने सकिने रहेनछ । प्युठानका २ बर्षका शिशिर खड्का आफ्नो आमा बुवासंग दंग थिए । कति सुन्दर थियो यो परिवार । तर गएको असारको त्यो घटनाले शिशिरको जीवन मात्रै हैन यो परिवारको खुशी नै खोसिदियो । सानो उमेरमै आफूमाथि आइपरेको यति ठुलो समस्या कुनैदिन त्यो बाबुले पनि थाहा पाउला अनि अनि उसलाई पनि परिकल्पना होला मा माथि त्यो घटना नभएको भए मा कस्तो हुने थिए होला ? हो हामी सानो हुँदा लागेका साना साना घाउहरु त अहिले आएर सम्झिन्चौ भने त्यो बाबुलाई कस्तो होला ?

साथीहरुसंग खेलिरहेका शिशिर पुरी पकाउन उमालिरहेको तेलमा डुबे । पानी लिन गएकी आमा फर्केर आउंदा छोराको त्यो अवस्था देखेर मुर्छा परेर ढलिन् । भारतमा रहेका शिशिरका बुवा खबर थाहा पाउने बित्तिकै घर फर्के । शिशिरका दाई पनि छन् । चरण चरणको अप्रेशनले शिशिरलाई यो अवस्थामा ल्याउन सकियो । खुशीको कुरा शिशिर बांचे तर उनको त्यो सुन्दर अनुहार र शरीर यस्तो भयो । गरिब परिवारले शिशिरको उपचारका लागि हालसम्म १२ लाख भन्दा माथि खर्चिसकेको छ । ऋण गरेर छोराको जीवन बचाएका शिशिरको आमा बुवाको रुंदा रुंदा आंशु रित्तिसक्यो । शिशिरको आमा उनको पहिलेको फोटो हेर्नै सक्दिनन् ।

त्यो दुर्घटनापछि शिशिर झनक्क रिसाउने भएका छन् । आफ्नो अनुहार ऐनामा हेर्दै घरभरीका सबै ऐना फुटाईसके । उनलाई आफु भुत जस्तो लाग्छ रे । अहिलेदेखि नै आफ्नो अनुहार प्रति उनलाई ठुलो घृणा छ । यसैबिच शिशिरलाई हेर्न अमेरिकाको न्युयोर्कबाट डाक्टरहरु आएका थिए । किर्तिपुर अस्पतालमा शिशिरलाई हेर्दै उनीहरुले के भने ? के शिशिरको उपचार सम्भव छ ? के प्लाष्टिक सर्जरी गर्न मिल्छ ? त्यसको लागि कति खर्च लाग्छ ?
त्यसको लागि तलको भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *