हार्दिक श्रद्धा सुमन!सम्झनामा किसुन जी

हार्दिक श्रद्धा सुमन!सम्झनामा किसुन जी

– शिवराज खनाल कल्पित
सन्त नेता कृष्ण प्रसाद भट्टराई भौतिकरुपमा हामी माझ छैनन्, आजकै दिन अर्थात फागुन वि.स.२०६७ फागुन २१ गते उनको निधन । ८७ वर्षको उमेरमा काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।किशुनजी नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए।

नेपाल अधिराज्यको संविधान २०४७ (१९२४-२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौंबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ। स्वर्गीय भट्टराई त्यागी निष्ठावान र सन्त नेताका रुपमा नेपाली राजनीतिमा धेरैको आदर्श व्यक्ति थिए । सधै रसिक शैलीमा प्रस्तुत हुने स्वर्गीय भट्टराई समसामयीक विषयमा ठट्टा गर्न निकै माहिर थिए ।सन्त नेताका रुपमा परिचित भट्टराई दुई पटक नेपालका प्रधानमन्त्री भए ३ दशकको पञ्चायती शासनको विरोधमा भएको जनआन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री बनेका भट्टराईको नेतृत्वमा नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछिको संवैधानिक राजतन्त्रसहितको संविधान जारी भई चुनाव सम्पन्न भएको थियो । सात सालको आन्दोलनपछि भएको पहिलो आम निर्वाचनपछिको संसदमा भट्टराईले देश कै पहिलो सभामुखका रुपमा कार्यभार सम्हालेका थिए। उनी नेपाल पत्रकार महासंघका प्रथम सभापति पनि भएका थिए । प्रधानमन्त्री निवासबाट बाहिरिदा उनले एउटा छाता बाकस र सुराही मात्रै लिएर निस्कँदा बास्तवमै उहाँ सुख सयल र भष्टचारबाट मुक्त रहेको प्रमाण मिलेको थियो ।

उनका यीनै सम्मानयोग्य पक्षलाई लिएर आज नेपाली राजनीतिमा ब्यापक चर्चा भइरहन्छ । फागुन २१ गते किसुनजीलाई गुमाउनुपरेको क्षणलाई धेरै नेपालीहरुले सम्झिरहेक छ। उनी कहिले ‘म अविवाहित भए पनि कुमार होइन’ भनेर चर्चामा आए । कहिले ‘आइमाई र मौसमको भर हुँदैन’ भनेर विवादमा आए । कहिले ‘म भारतमुखी हुँ’ भनेर आलोचनाका पात्र बने । प्रधानमन्त्री निवासबाट सुराही र छाता लिएर फर्किंदा उनी करुणा र सम्मानका पात्र पनि बने ।
उनको जीवनबाट आजका केही भ्रष्ट नेता ज्यू ले सिक्नु पर्छ आफ्नो पुरै जीवन राजनितिमा समर्पित गरेर आफ्नो छबीमा कुनै दाग लाग्न दिएनन् आफ्नो जीवनकालमा देश र जनताको निम्ति प्रजातन्त्रको निम्ति आफ्नो विवाह नगरी बसे । नेपाली काङ्ग्रेसलाई एक युगको कोसेढुङ्गा साबित गर्ने मध्येका नेता किसुन जी लाई काङ्ग्रेसले कदापी बिर्सने छैन र बिर्सनु पनि हुदैन स्व:नेता बि पि ,गणेशमान , किसुन जी नभयका भए हामी काङ्ग्रेस भन्न पाउने थिएनौ हामी प्रजातन्त्रको एक स्वणीम युगमा प्रवेश गर्ने थिएनौ त्यसैले उहाँप्रति हार्दिक श्रद्धाशुमन।।

सहरको कोलाहलभन्दा अलि पर गोदावरीस्थित सरकारी आश्रममा सहयोगी अमिता कपालीको स्याहार/सुसारका साथ पान चपाउँदै, गीता पाठ गर्दै र आपना सबै कर्म ईश्वरमा समर्पित गर्दै बुढ्यौली बिताएका सन्तनेता भट्टराई (किसुनजी) अहिले सम्झनामा मात्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *