फेरि खस्यो हेलिकप्टर:पाँचको निधन

फेरि खस्यो हेलिकप्टर:पाँचको निधन

केन्यामा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको छ । प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो । दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।

यो पनि पढ्नुहोस : पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो । पाकिस्तानले गत बुधबार आदेश जारी गरेसँगै हवाई उडान अबरुद्ध हुँदा युरोप र एसियाबीचको हवाई यात्रामा नराम्रो असर परेको थियो । हजारौं हवाई यात्रु विश्वका विभिन्न विमानस्थलमा अलपत्र परेका थिए । विश्व समुदायले आणविक शक्तिराष्ट्र भारत र पाकिस्तान दुबैलाई संयम अपनाउन आग्रह गरेका थिए । पछिल्लो समय दुबै मुलुकले एकअर्काका युद्धक विमान खसालेको दाबी गरेका थिए । यही क्रममा एकजना भारतीय लडाकू विमानका चालकलाई पाकिस्तानले गिरफ्तार गरी भारतलाई बुझाएको थियो ।

“पाकिस्तानका सबै विमानस्थलहरु र पाकिस्तानी आकाश खुला गरिएको छ,” पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले जनाएका छन् । पाकिस्तानी आकाश बन्द गरिँदा युरोप र दक्षिण एसियाका धेरै मार्गहरु बन्द भएका थिए । विश्वकै नवौं अग्लो पाकिस्तानको नाँगा पर्वतमा हराइरहेका दुई जना बेलायती र इटालेली पर्वतारोहीको खोजी कार्यमा समेत असर परेको छ । पाकिस्तानले शुक्रबारदेखि नै आफ्नो हवाई आकाश खुला गर्न थालेको थियो । पाकिस्तानी आकाश खुला हुनुलाई दुई देशबीच जारी तनाब विस्तारै कम हुन थालेको रुपमा पनि हेरिएको छ । पछिल्लो समय दुबै देशबाट एकअर्का मुलुकभित्र हवाई आक्रमण हुन छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *