जनउद्धार जस्तो नाम उस्तै काम, फेरि गर्यो नौ जना नेपालीलाई खाद्यान्न सहयोग

जनउद्धार जस्तो नाम उस्तै काम, फेरि गर्यो नौ जना नेपालीलाई खाद्यान्न सहयोग

मलेसिया। मलेसिया सरकारले जारि गरेको एमसिओ अर्थात आवागमन नियन्त्रण आदेश’को कारण समस्यामा परेका नौ जना नेपाली कामदार हरुलाई जनउद्धार केन्द्र मलेसियाले खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

केहि महिना अघि मात्र रोजगारी सिलसिलामा सयौ सपना बोकेर मलेसिया गएका सुनिल परियार, राजकुमार बिश्वकर्मा, अतिबुल रायन,अताबुल रायन, नेत्र प्रसाद भट्टराई , हरिश खत्री ,आइतनारायन गरकोटि, डिल्लिराम खनाल र उदित नारायण चौधरीलाई आवश्यक खाद्यान्न सामाग्री सहयोग गरिरहेको हो ।

सेक्युरिटी गार्ड कम्पनिमा गएका उनिहरुले त्यहि पुगे देखी काममा नलगाएको उल्लेख गर्दै जनउद्धार केन्द्र मलेसियालाई निबेदन दिएका थिए उक्त निबेदनका आधारमा थप पहिचान ‌गर्दै सहयोग गरेको जनउद्धार केन्द्र मलेसियाका सचिब शंकर देब आर्चायले बताउनु भयो ।

जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापा, सचिब शंकर देब आचार्य र उपाध्यक्ष कमल खड्का लगायतको सहभागिता उनिहरुलाई खाद्यान्न समाग्री वितरण गरिएको सचिव आर्चायले बताए ।

सचिव आर्चायले भनु भयो हामी अप्ठ्यारो अबस्थाको बावजुत पनि निरन्तर श्रमजीवीहरुको गुनासा र समस्या संग नजिक रहेर काम गरिरहेका छौ यो अभियान निरन्तर जारी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *