मन्त्री रविन्द्र अधिकारीलाई गीत मार्फत सम्झिदै भक्कानिय गायक पुश्कल शर्मा

मन्त्री रविन्द्र अधिकारीलाई गीत मार्फत सम्झिदै भक्कानिय गायक पुश्कल शर्मा

काठमाडौं-लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि दिन अघि मात्र सार्वजनिक भएको गीत दलितको चर्चा सेलाउन नपाउदै शर्माकै अर्को समयसान्दर्भिक गीत सार्वजनिक भएको छ ।

केहि दिन अघि हेलिकोप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित उच्च पदस्थ सात जनाको मृत्यु भए सँगै यो विषयलाई शर्माले गीतमा उतारेका छन ।सबै माझ अत्यन्तै लोकप्रिय गायक शर्माले समय सान्दर्भिक गीतहरु सार्वजनिक गर्दै लोकप्रिय नेता तथा अन्य दिवंगत प्रति श्रद्धाञ्जली स्वरुप आफुले गीत सार्वजनिक गरेका उहाँले बताउनु भयो ।

पुश्कल शर्माकै लय तथा शब्द सिर्जना साथै आवाज समेत रहेको सो गीतको जति प्रशंसा गरे पनि कमनै हुन्छ । गीतको सम्पुर्ण पक्ष निकै मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *