पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री अधिकारीको पार्थिक शरीर ,यसरि चल्यो पशुपतिमा रुवाबासी (भिडियो)

पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री अधिकारीको पार्थिक शरीर ,यसरि चल्यो पशुपतिमा रुवाबासी (भिडियो)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । नेता अधिकारीको पार्थिव शरीरमा उहाँकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *