रुकुम घ’टनाको छानबिन प्रभाव र दबाबबाट मुक्त रहोस् : पूर्वप्रधानमन्त्री खनाल

रुकुम घ'टनाको छानबिन प्रभाव र दबाबबाट मुक्त रहोस् : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालले चौरजहारी नगरपालिका–८, सोतीगाउँ घटनाका दोषीमाथि कारबाहीको माग गरेका छन् । घटनाको १० दिनपछि मंगलबार साँझ विज्ञप्ति जारी गर्दै खनालले घटनाको निष्पक्ष छानबिन गर्न र अपराधमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन् ।

नेता खनालले सोतीमा भएको घटनाबाट आफू स्तब्ध भएको तथा आधुनिक समाज र मानव जातिले सृजना गरेका मूल्यहरूलाई समेत चुनौती दिनेगरी भएको उक्त नृशंस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले मानवताविरोधी भन्दै घटनाको निन्दा र भत्सना गरेका छन् ।

यो छानबिन न्यायिक होस्, निष्पक्ष होस्, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रहोस् र अपराधमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् । पीडितहरूलाई न्यायको अनुभूति होस् ।’ खनालले विज्ञप्तीमा भनेका छन् ।

गृहमन्त्रालयको छानबिन समितिको काम गरिरहेको बेला नेता खनालले उनले छानबिन प्रभाव र दबाबबाट मुक्त हुनुपर्ने बताएका छन् । नेता खनालले सम्पूर्ण दलित तथा पीडित समुदायको साथमा सरकार, जनप्रतिनिधि र सिंगो नेकपा रहेको पनि बताएका छन् । नेकपाले भने अहिलेसम्म पार्टीका तर्फबाट विज्ञप्ती निकालेको छैन् । बरु घटनालाई लिएर राजनीतिक आरोप प्रत्यारोप शुरु भएका छन् ।

युवतीसँग प्रेमविवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित युवाहरूमाथि स्थानीयले आक्रमण गरेका थिए । आ क्रमणमा परी नवराजसहित ६ जना भेरी नदीमा बेपत्ता भएका थिए । उनीहरू ६ जनाकै श व फेला परिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *