गायक शिव परियारको पनि क्रिकेट रंगशाला बनाउन सहयोग

गायक शिव परियारको पनि क्रिकेट रंगशाला बनाउन सहयोग

धुर्मुस सुत्नाली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि देश विदेशबाट सहयोग जुटिरहेको छ । नेपाली क्रिकेटको विकास चाहने सबैले देश बिदेसबाट सानो ठुलो अभियान गरिरहेका छन् । नेपाली क्रिकेटको लागि निकै मह अभियानका रुपमा हेरिएको धुर्मुस सुन्तलीको यो कदमलाई देशकै ठुलो परिकल्पनाको रुपमा लिइएको छ । सरकारले समेत रंगशाला बनाउन नसकेको अवस्थामा निजि स्तरबाट अन्तर्राष्ट्रिय मापदण्डको बृहत क्रिकेट रंगशालाको परिकल्पना गर्नु चानचुने कुरा भने होइन ।

यसै क्रममा धुर्मुस सुत्नाली फाउन्डेसनलाई यो अभियानमा कलाकारहरुले समेत साथ लिइरहेका छन् । यसै क्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक शिव परियारलाई ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा साथ दिने भएका छन् । जिन कुरा सिताराम कट्टेलले फेसबुकमार्फत जानकारी गराएका छन् । हेर्नुस


नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक शिव परियारलाई ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानको अभियान्ताको रुपमा पाउँदा हामी निकै हर्षित छौं । साथै उहाँले हाम्रो अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै गर्दा यस परियोजनाका लागि ५० हजार रुपैंया आफ्नो तर्फबाट सहयोग दिने समेत घोषणा गरिरहँदा साँच्चै हामी नतमष्तक छौं । गायक शिव परियारलाई यस अभियानमा जोडिनुभएकोमा हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *