हेर्नुस भिडियो: भारतमा तहल्का पिट्दै नेपालका प्रितम, फेरि मच्चाए धमाका

हेर्नुस भिडियो: भारतमा तहल्का पिट्दै नेपालका प्रितम, फेरि मच्चाए धमाका

यतिबेला दुइ नेपाली बाल कलाकारले भारतको चर्चित रियालिटी शो मा आफ्नो जोडदार प्रस्तुति दिनुका साथै निकै चर्चा समेत कमाइरहेका छन् । भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्।

अडिसनबाटै जज जुरी जज तथा कार्यक्रमका अतिथि जजको समेत मन जितेका प्रितम आचार्यले आफ्नो बलियो प्रभाब छोडिरहेका छन् । प्रितम कार्यक्रम प्रशारण हुनु पहिले नै सामाजिक संजालमा निकै भाइरल बनिसकेका थिए । कार्यक्रमको छोटो प्रोमो बाटै चर्चामा आएका प्रितमले फेरी धमाकेदार प्रस्तुति दिएको प्रोमोले सबैका लागि कार्यक्रम प्रतिक्षाको कारण बनिदिएको छ ।

यसैबीच ‘जी टिभी’ले चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’को प्रोमो सार्वजनिक गरेको छ। प्रोमोमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएको देख्न सकिन्छ। प्रोमोमा देखिए अनुसार प्रितमले आफ्नो प्रस्तुतीमा १०० मा १०० प्रतिशत ल्याएका छन्। उक्त गायन रियालिटी शो को टप १५ मा परिसकेका प्रितमले पहिलो राउन्डमै १००% मा १०० % पाएका थिए। उनले गत हप्ताको प्रस्तुतिमा पनि १०० % नै पाएका थिए। उनले प्रस्तुति दिएको एपिसोड आइतबार बेलुका ९:१५ मा प्रसारण हुनेछ।

हेर्नुहोस् प्रोमो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *