क्वारेन्टिनमा रहेका एक पुरुषको मृ’त्यु !रिपोर्ट आउन बाँकी

क्वारेन्टिनमा रहेका एक पुरुषको मृ’त्यु !रिपोर्ट आउन बाँकी

पाल्पा । पाल्पामा क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृ’त्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए ।

उनी केही समय अगाडी भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका िथए । श्वास फेर्न गाह्रो भएपछि उनलाइ सोमबार दिउँसो उपचारका लागि ल्याइएको थियो ।मृ’तकको कोरोना संक्रमण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

काठमाडौँ – पछिल्लो अद्यावधिक विवरणअनुसार नेपालमा कोरोनाको उपचार गराइरहेका ४५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशका विभिन्न अस्पताल तथा आइसोलेसन कक्षमा उपचार गराइरहेका उनीहरू संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङ कार्यक्रममा बोल्दै प्रवक्ता डा। विकास देवकोटाले थप ४५ जना कोरोना मुक्त भएको बताएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ६६ जना पुगेको छ ।

संक्रमणमुक्त हुनेमध्ये १ सय ७२ जना पुरुष रहेका छन् भने ४८ जना महिला भएको रहेको प्रवक्ता डा। देवकोटाले बताए ।

त्यस्तै मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *