नेपाल आइपुगिन मनिषा कोइराला आ’मा बुवासंगै

नेपाल आइपुगिन मनिषा कोइराला आ'मा बुवासंगै

भैरहवा। बलिउड अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएकि छन । अभिनेत्री मनिषा कोइराला मंगलबार बेलहिया नाकाबाट आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन । मनिषा कोइराला बेलहियाबाट आएको भन्ने जानकारी पाएको प्रजिअ पन्थले बताए ।

यद्धपी जिल्ला प्रशासनसगँ कुनै समन्वय नभएको हुदाँ अरु विषय थाहा नभएको उनले बताए ।

मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । तर भारतीय मिडियाले नेपालको पक्ष लिएको भन्दै कोइरालाको चर्को आलोचना गरेका थिए ।उनको परिवारमा होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *