मन्त्री गिरिराजमणी पोखरेललाई पठायो यस्तो पत्र

मन्त्री गिरिराजमणी पोखरेललाई पठायो यस्तो पत्र

काठमाडौं, फागुन १९ । कर्मचारीको समायोजन प्रक्रिया जारी रहँदा एसईई परीक्षा प्रभावित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेशसहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि परीक्षा प्रभावित हुने निश्चित भएको छ । ११ र १२ को परीक्षा समेत तोकिएको समयमा नहुने देखिएको हो ।

परीक्षा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर कर्मचारीलाई सामायोजन नगर्न अनुरोध गर्दै पत्र पठाएको हो ।

बोर्ड अन्तर्गत काठमाडौं, पोखरा, विराटनगर, कोहलपुर, सुर्खेत, लाहानका कार्यालय प्रमुख संघ अन्तर्गत विभिन्न निकायमा समायोजन भएका छन् । त्यस्तै जनकपुर, हेटौडा, र धनगढी कार्यालयका प्रमुख प्रदेशमा, बुटवल, दाङ र डडेल्धुरा कार्यालयका प्रमुख स्थानीय तहमा समायोजनमा परेका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका ५ उपसचिव मध्ये एक जना संघ र ४ जना स्थानीय तहमा समायोजन भएका छन् । समायोजन भएका कर्मचारीलाई सरकारले हालसम्म पत्र पठाएको छैन ।लाईट नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *