नेकपाका नेता तथा पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

नेकपाका नेता तथा पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचारका क्रममा उहाको आज निधन भएको छ

उहाँको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । उहा निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारीलाई विगत २ महिनादेखि अस्पतालमा भर्ना हुनुभएको थियो ।

नेकपाका नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित हुनुहुन्थ्यो । उहाँ मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री हुनुभएको थियो । त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उहाँकै योजना थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।

पूर्वअर्थमन्त्री अधिकारी संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनुभएको थियो । त्यसबेला पनि अस्पतालमा गएर सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गर्नुभएको थियो । अस्पतालमा सुत्केरी हुनेले अहिले पनि हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन्, जुन उहाँकै अर्को जनमुखी कार्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *