छोराले सधैंका लागि वाईवाई भन्दा कसको आमाको मन रुदैन

छोराले सधैंका लागि वाईवाई भन्दा कसको आमाको मन रुदैन

बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट थिए प्रभाकर।जोखिम मोलेर हेलिकोप्टरको उडान भरेका जोशीको प्रयास सफल हुन सकेन र हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनामा क्याप्टेन जोशी सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र अन्य पाँच जनाले ज्यान गुमाए ।दुर्घटनामा ज्यान गुमाए सवैको शव अन्तिम श्रद्धान्जलीको लागि टुँडिखेलमा राखिएको छ ।यसैक्रममा आफ्ना छोरा प्रभाकरलाई श्रद्धान्जली दिनका लागि टुँडिखेल पुगेका परिवारका सदस्य विक्षिप्त बनेका छन् । काठमाडौं ताहचलका प्रभाकर ‘योङ पाइलट’का रुपमा परिचित थिए । हिमाली क्षेत्रको अफ्ट्यारो परिस्थितिमा पनि उडान भर्न सक्ने उनी कुशल पाइलट थिए । तर उनको यो कुशलता शायद ‘दैव’ लाई मन परेन ! कलिलै उमेरमा प्रभाकरको इहलिला समाप्त भयोे ।छोराको हसिलो अनुहार पनि अन्तिम क्षणमा आमा र परिवारका सदस्यले देख्न पाएनन् । दुर्घटनामा परेका प्रभाकरसहित अन्य सवैको शव चिन्न सक्ने अवस्थामा थिएन ।शुक्रवार टुँडिखेलमा छोराको शवका टुक्राहरुसहितको पोका देखिेपछि प्रभाकरकी आमा सम्हालिन सकिनन् ।

आशुका बलिन्द्र धारामा रुँदै उनले आफ्नो मातृत्व भाव प्रकट गरिन् । आफ्नो छोरालाई बोलाइन्, चिच्च्याइन्, अहँ प्रभावकरले सुनेनन् !मेरो छोरा….. मेरो बाबु ……भन्दै भावविह्वल बनेकी आमालाई प्रभाकरका आफन्तले टुँडिखेलबाट बाहिर निकालेका छन् ।पार्थिव शरीरबाट टाँढिएपनि प्रभावकरको स्मरण आमाले कसरी भुल्न सक्नु होला र !दुर्घटना अकल्पनीय हुन्छ । यो अकल्पनीय पीडामा प्रभाकरका परिवारलाई धर्यधारण गर्ने शक्ति मिलोस्, हार्दिक समवेदना ! हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *