नेकपाका नेता:पुर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य गम्भीर

नेकपाका नेता:पुर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य गम्भीर

काठमाडौ फागुन १८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

ह्याम्स अस्पतालमा उपचार गराई रहनु भएका अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको र हाल उहाँलाई भेन्टिेलेटरमा राखेर उपचार भइरहेको उहाँको स्वकीय सचिव महेश विष्टले जानकारी दिनुभयो ।

स्वास्थ्यमा खराबी देखिएपछि पुस २३ गते उहाँलाई नख्खुस्थित मेडिसिटीमा अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँ उहाँको स्वास्थ्यमा सुधार नदेखिएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विगत १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको स्वकीय सचिव विष्टले जानकारी दिनुभयो ।

उहाँको स्वास्थ्य जटिल हुँदै गएपछि दुवईमा रहनु भएको कान्छी छोरी नेपाल आइपुग्नु भएको छ भने सिक्किममा रहनु भएको जेठी छोरी शनिवार आउन लाग्नु भएको उहाँले जानकारी दिनुभयो ।गोरखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *