दार्चुलामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । दार्चुला सदरमुकामबाट दुउ को लागि हिँडेको म१ज २८० नम्बरको जीप तिंकर सडक अन्र्तगत राताकाठा भिरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा १० जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन । मृत्यु हुनेमध्ये ३ जना पुरुष, ४ जना महिला र २ बच्चा रहेको जानकारीमा आएपनि उनीहरुको पहिचान भने हुन सकेको छैन । सदरमुकाम खलंगाबाट हिकिला जाँदै गरेकाे जिप राताकाठा भन्ने ठाउमा दुर्घटनामा परेकाे थियाे । जीप सडकबाट २ सय मिटर तल महाकाली नदि किनारमा खसेको छ । उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घाइते चालक दिपक धामीलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । उद्धारको लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी टोली घटनास्थलमा रहेको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *