बाबुरामको प्रस्ताव: सबैले थर फेरौँ, विश्वकर्मा, कामी लेखौँ

बाबुरामको प्रस्ताव: सबैले थर फेरौँ, विश्वकर्मा, कामी लेखौँ

काठमाडौँ – समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना थर परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने उनले बताए।

भट्टराईले भने, ‘तपाई हामी सबैले दलित नाम राखिदिउँ न । जस्तै बाबुराम भट्टराई कामी लेख्दिउँँ । एउटा विश्वकर्मा लेखौं । सबैले गरौं ।’, ‘श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ?’

बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री डा. भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन नसक्ने समेत उल्लेख गरे । त्यस्तै उनले दलित भन्ने शब्द प्रयोग गर्ने वा नगर्ने बारे समेत छलफल हुन सक्ने बताएका छन् ।

त्यस्तै उनले रुकुममा भएको घटनालाई क्रान्तिको आधार इलाका भएको प्रतिक्रान्ति हर्कत भएको उल्लेख गरे ।

भर्खरै रुकुकमा जे भयो परिकल्पना पनि गर्न सकिनँ,’ उनले भने, त्यत्रो क्रान्तिको आधार इलाकामा यस्तो प्रतिक्रान्तिकारी हर्कत हुन्छ भने यसरी सामाजिक न्याय हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *